प्रसोवत्तर मानसिक स्वास्थ्य

(11/2019 संशोधन गरिएको) (12/2019 फेरि प्रिन्ट)

प्रसवोत्तर मानसिक स्वास्थ्यको महत्त्व

डेलिभरीपछि, हर्मोन सम्बन्धी परिवर्तनहरू, भूमिका परिवर्तन, बच्चाको स्याहार गर्नमा चुनौतीहरू र पारिवारिक समस्याहरूका कारणले आमाहरूलाई मनोदशा विकारहरूबाट पीडित हुने जोखिम उच्च हुन सक्छ। प्रसवोत्तर डिप्रेसनले आफ्नो बच्चाको स्याहार गर्ने आमाहरूको क्षमतामा प्रभाव पार्न सक्छ र शिशुको शारीरिक स्वास्थ्यमा, भावनातमक र व्यवहारात्मक विकासका साथै संज्ञानात्मक विकासमा प्रभाव पार्छ। प्रसवोत्तर डिप्रेसन भएका आमाहरूको साझेदारहरूले पनि भावनात्मक अवरोधबाट पीडित हुने उच्च जोखिम पाएका थिए। तसर्थ, प्रसवोत्तरको अवधिमा महिलाहरूको मानसिक स्वास्थ्यको स्याहार गर्न एकदमै महत्त्वपूर्ण हुन्छ।

प्रसवोत्तर डिप्रेसनको प्रमुख जोखिम तत्त्वहरू

प्रसवोत्तर डिप्रेसनको वास्तविक कारणहरू अज्ञात छन्। अनुसन्धान खोजहरूले तल तालिकामा सूचीबद्ध तत्त्वहरू प्रसवोत्तर डिप्रेसनको बढ्दो जोखिमसँग सम्बन्धित छन् भन्ने संकेत गर्‍यो:

क्लिनिकल तत्त्वहरू

  • डिप्रेसन र चिन्ताका विकारहरू समावेश भएको पछिल्लो मनोचिकित्सा अवस्थाहरू
  • प्रसवपूर्व डिप्रेसन वा चिन्ता

मनोवैज्ञानिक तत्त्वहरू

  • चिन्ता-उन्मुख व्यक्तित्व
  • सामाजिक सहायताको कमी
  • कमजोर वैवाहिक सम्बन्ध
  • असन्तुष्ट सासु-ससुरासँगको सम्बन्ध
  • घरेलु हिंसा
  • आर्थिक कठिनाइहरू
  • तनावपूर्ण जीवन घटनाहरू

प्रसूति र बच्चासँग सम्बन्धित तत्त्वहरू

  • नवजात जटिलताहरू
  • आकस्मिक सिजेरियन खण्ड
  • अघिल्लो गर्भपात / गर्भधारणमा कठिनाइहरू
  • अनियोजित गर्भावस्था
  • जन्मजात रोगी भएर जन्मिएको बच्चा/ अपरिपक्व बच्चा

प्रसोवत्तर मनोदशा सम्बन्धी समस्याहरू

प्रसोवत्तर मनोदशा सम्बन्धी समस्याहरूका तीन मुख्य वर्गहरू छन्: (1) प्रसोवत्तर उदासी, (2) प्रसोवत्तर डिप्रेसन र (3) प्रसोवत्तर मनोविकृति, जसमध्ये प्रत्येक यसको प्रबलता, क्लिनिकल प्रस्तुतिकरण, गम्भीरताको स्तर र व्यवस्थापनमा भिन्न छ।

(1) प्रसवोत्तर उदासी

  • यसले लगभग 40% देखि 80% प्रसोवत्तर आमालाई प्रभाव पार्छ
  • यो मनस्थिति परिवर्तन हुने, आँखाभरि आँसु हुने, सुत्नमा कठिनाइ हुने र चिडचिडापन हुने अवस्थाद्वारा वर्गीकृत क्षणिक स्थिति हो। लक्षणहरू सामान्यतया बच्चा जन्मिएपछि 3 देखि 5 दिनमा देखापर्छन्
  • लक्षणहरू पूर्णतया मध्यम खालका हुन्छन् र प्राय: केही दिनमा स्वाभाविक रूपमा समाधान हुन्छन्

(2) प्रसोवत्तर डिप्रेसन

  • यसले लगभग 13% देखि 19% प्रसोवत्तर महिलाहरूमा प्रभाव पार्छ
  • लक्षणहरू अन्य समयमा अनुभव गरिएका उदासिन प्रसङ्ग जस्तै हुन्छन्। सुरुवात सामान्यतया 6 हप्ताभित्र हुन्छ तर बच्चा जन्मिएको एक वर्षभित्र कुनै पनि समयमा पनि हुन सक्छ।
  • प्रसोवत्तर डिप्रेसन भएका धेरैजसो आमाहरू उहाँहरूले पहिले नै पहिचान गरेमा र उचित उपचार र परिवारबाट सहायता पाएमा निको हुन्छन्।

(3) प्रसवोत्तर मनोविकृति

  • यसले लगभग 0.1% देखि 0.5% प्रसोवत्तर महिलाहरूमा प्रभाव पार्छ
  • प्रमुख लक्षणमा गैर-अवस्थित आवाजहरू सुन्ने, अन्य व्यक्तिद्वारा हानी पुग्ने विचित्र विचारहरू र आफैंलाई वा बच्चालाई हानी पुर्‍याउने खालका विचारहरू पर्दछन्। लक्षणहरू सामान्यतया बच्चा जन्मिएको 14 दिनभित्रमा देखा पर्दछन्
  • यो मनोवैज्ञानिक आपत्ति हो। मनोवैज्ञानिक वा उपस्थित दुर्घटना तथा आपतकालीन अस्पताल विभागमा आकस्मिक सिफारिस आवश्यक हुन्छ

प्रसोवत्तर डिप्रेसनको प्रारम्भिक पहिचान

प्रसोवत्तर डिप्रेसनका मुख्य लक्षणहरूमा निम्न पर्दछन्:

  • उदास वा दु:खी महसुस हुने, कारणबिना रूने वा रून चाहने तर आँसु नआउने जस्तो न्यून मनस्थिति भइरहने
  • लगभग सबै गतिविधिहरू (आफ्नो बच्चाप्रति रूचि पनि हराउने) मा रूचि हराउने
  • भोकमा अशान्ति
  • सुताइ सम्बन्धी समस्याहरू
  • धेरैजसो थकाइ लाग्ने वा ऊर्जा हराउने
  • ध्यान केन्द्रित गर्न वा निर्णय लिन कठिन हुने
  • दोषी, अयोग्य र निराशावाद महसुस गर्ने
  • अत्याधिक चिन्ता र चिडचिडापन

माथिका लक्षणहरू 2 हप्ता वा सोभन्दा बढी समयसम्म देखा परेमा र उल्लेखनीय रूपमा महिलाको दैनिक कार्यपद्धतिमा प्रभाव परेमा, सम्भव भएसम्म छिटो पेशेवरको मद्दत खोज्नु आवश्यक हुन्छ।

रोकथाम सम्बन्धी सुझावहरू

  • गर्भावस्थाभन्दा अगाडिको उचित तयारी जसमा उपयुक्त परिवार र आर्थिक योजना पर्दछन्।
  • डेलिभरीपछि जीवनलाई समायोजन गर्नमा मद्दत गर्न अभिभावकताको लागि यथार्थवादी अपेक्षाहरू राख्नुहोस्।
  • विभिन्न माध्यममार्फत चिन्ता कम गर्न गर्भावस्था, बच्चाको जन्म र बालस्याहारबारे थप जान्नुहोस्, उदाहरण मातृ तथा बाल स्वास्थ्य केन्द्रको बालस्याहार र पालन-पोषण कार्यशालामा संलग्न हुने, अन्य संस्थाहरूद्वारा प्रबन्ध मिलाइएका सान्दर्भिक कुराकानी र कार्यशालाहरूमा सहभागी हुने आदि।
  • अन्य आमाबुवासँग थप साझेदारी अनुभव राख्नुहोस् र थप सामाजिक सहायताबढाउनुहोस्।
  • बुझाइ र सहायतामा सुधार ल्याउन साझेदार र परिवारका अन्य सदस्यहरूसँग प्रभावकारी सञ्चार बढाउनुहोस्।
  • पर्याप्त मात्रामा आराम गर्नुहोस् र सुत्नुहोस्, उदाहरण बच्च जन्मिएपछि घरायसी र बालस्याहार सहायताको व्यवस्था मिलाउने।
  • फुर्सद र आरामदायी गतिविधिहरूमा केही समय बिताउनुहोस् उदाहरण: हिँड्ने वा साथिहरूलाई कल गर्ने।
  • स्वस्थकर आहार खानुहोस्। धुम्रपान नगर्नुहोस् र अल्कोहलयुक्त पेय पदार्थहरू त्याग्नुहोस्

मद्दत खोज्ने उपायहरू

  • आमाहरू प्रसोवत्तर मनोदशा सम्बन्धी समस्याहरूबाट पीडित हुनुहुन्छ भने, उहाँहरूले उपयुक्त सेवाहरूका लागि प्रारम्भिक मूल्याङ्कन र सन्दर्भका लागि नर्सहरूसँग अपोइन्टमेन्ट बनाउन आफ्नो निवासीय क्षेत्रमा रहेको मातृ तथा बाल स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ।
  • प्रारम्भिक मूल्याङ्कन र व्यवस्थापनका लागि पारिवारिक चिकित्सकको परामर्श लिनुहोस् र आवश्यक भएमा विशेषज्ञ सेवाहरूको सन्दर्भ लिनुहोस्।
  • पेशागत मूल्याङ्कन र उपचारका लागि निजी क्षेत्रहरूमा मनोचिकित्सक वा क्लिनिकल मनोवैज्ञानिकलाई भेट्नुहोस्।
  • मूल्याङ्कन र सन्दर्भका लागि सामाजिक कार्यकर्ता वा परामर्शदातालाई भेट्नुहोस्।

परामर्श सेवाहरू / हटलाइन

  • The Samaritan Befrienders हङकङ
    2389 2222
  • आत्महत्या रोकथाम सेवाहरू
    2382 0000
  • सामाजिक कल्याण विभागको 24-घण्टा उपलब्ध हटलाइन
    2343 2255
  • अस्पतालको प्राधिकरण मानसिक स्वास्थ्य प्रत्यक्ष (24 घण्टा)
    2466 7350

अन्य

स्वास्थ्य विभाग: